Logo

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक 



काठमाडौं, माघ १ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टीको आर्थिक र प्रशासनिक नियमावली, विभागीय नियमावली, विभागहरूको कार्य प्रगति विवरण लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको महामन्त्री मुकुल ढकालले बताए ।

उनका अनुसार बैठक माघ ३ गते केन्द्रीय कार्यालयमा बस्नेछ । बैठकमा पार्टीले गर्न लागेको विकास आयोजनामा पदयात्राका विषयमा पनि छलफल हुनेछ । रास्वपाले २१ विकास आयोजनामा पदयात्रा गर्ने तयारी गरिरहेको छ । विकास निर्माणका कार्यमा सरकारलाई दबाब दिन पदयात्रा गर्न लागिएको नेताहरूले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot