४ मंसिर, काठमाडौं । भारतीय विदेश मन्त्रालयले प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक गरेको छ। मंसिर ६ र ७ गते हुने दुईदिने भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्चपदस्थ भारतीय अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।
भारतीय विदेश मन्त्रालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार प्रधानमन्त्री शाह आइतबार दिउँसो ३ बजेर १५ मिनेटमा नयाँ दिल्ली पुग्नेछन्। त्यसै दिन साँझ ६ बजे उनले भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गर्नेछन्। उक्त भेट होटल ताजमहलमा हुनेछ।
भ्रमणको दोस्रो दिन सोमबार बिहान १० बजे प्रधानमन्त्री शाहको राष्ट्रपति कार्यालयमा औपचारिक स्वागत तथा भेटघाटको कार्यक्रम रहेको छ। त्यसपछि उनले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगेर श्रद्धाञ्जली अर्पण गर्नेछन्।
त्यसपछि प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा भेटवार्ता गर्ने कार्यक्रम छ।
सोमबार मध्याह्न १२ बजेर २५ मिनेटमा दुवै प्रधानमन्त्रीको उपस्थितिमा द्विपक्षीय सहमति तथा सम्झौताहरू आदानप्रदान गरिनेछ। त्यसलगत्तै संयुक्त पत्रकार सम्मेलन आयोजना हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ।
भ्रमणको अन्तिम कार्यक्रमअन्तर्गत सोमबार दिउँसो ३ बजेर १५ मिनेटमा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति निवासमा भेटवार्ता गर्नेछन्।
राष्ट्रपतिसँगको भेटपछि प्रधानमन्त्री शाह दिउँसो ४ बजेर ५० मिनेटमा नयाँ दिल्लीबाट नेपाल फर्कने कार्यतालिका रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको कार्यतालिका यस्ताे छ :
मंसिर ६ गते, आइतबार
- दिउँसो ३:१५ बजे : नयाँ दिल्ली अवतरण।
- साँझ ६:०० बजे : भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग होटल ताजमहलमा भेटवार्ता।
मंसिर ७ गते, सोमबार
- बिहान १०:०० बजे : भारतीय राष्ट्रपति कार्यालयमा औपचारिक स्वागत तथा भेटघाट।
- त्यसपछि : राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण।
- त्यसपछि : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा भेटवार्ता।
- मध्याह्न १२:२५ बजे : द्विपक्षीय सहमति तथा सम्झौता आदानप्रदान र संयुक्त पत्रकार सम्मेलन।
- दिउँसो ३:१५ बजे : भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति निवासमा भेटवार्ता।
- दिउँसो ४:५० बजे : नयाँ दिल्लीबाट नेपाल प्रस्थान।




प्रतिक्रिया