Logo

बजारमा जाँदा पानी कहिले आउँछ ? विजुली आएन भन्छन्ः कांग्रेस नेता सिंह



काठमाडौं, १ माघ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रकाशमान सिंहले सांसदहरुको काम कानुन निर्माण गर्ने भएपनि जनताहरुले पानी आएन, बत्ति आएन भनेर गुनासो पोखेका बताएका छन् । आज (सोमबार) मेलम्ची खानेपानी पुनः वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले काठमाडौं उपत्यकामा समेत खानेपानी र विजुलीका लागि संघीय सांसद गुहार्न पर्ने अवस्था रहेको उनले बताए ।

‘चुनावमा जाँदा बुद्धिजीवीदेखि लिएर सबैले भन्छन्, ल मेकर्सहरुले कानुन बनाउने काम गर्नुपर्छ भनेर । के गर्ने ? नेपालको राजनीतिक, आर्थिक र सांस्कृतिका संरचना कस्तो छ भने संघीय सांसदलाई बजारमा जाँदा पनि पानी आएन, कहिले पानी आउँछ भन्छन्, विजुली आएन भनेर भन्छन् । राजधानीको त यो हालत छ भने देशको के हालत होला ?’ उनले प्रश्न गरे ।

मेलम्ची खानेपानीलाई दीगो रुपमा व्यवस्थापन गर्न पनि उनले सरकारको ध्यानाकार्षण गराए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot