Logo

संयुक्त राष्ट्रसंघ महासचिवद्वारा मध्य अफ्रिकी गणतन्त्रमा शान्ति सैनिक हत्याको निन्दा



संयुक्त राष्ट्रसङ्घ, २ माघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सोमबार मध्य अफ्रिकी गणतन्त्रमा संयुक्त राष्ट्रसंघ शान्ति मिसनका एकजना क्यामेरोनियन शान्ति सैनिकको हत्याको निन्दा गरेका छन् ।

महासचिवका प्रवक्ताले ओहाम(पेन्डे प्रान्तमा भएको बम आक्रमणमा अन्य पाँच जना शान्ति सेना घाइते भएको र ती मध्ये दुई जना गम्भीर घाइते रहेको उल्लेख गएका छन् ।

महासचिवले पीडित परिवार र क्यामरुन सरकारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। प्रवक्ता स्टेफेन दुजारिकले विज्ञप्ति जारी गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

महासचिवले संयुक्त राष्ट्रसंघ शान्ति सैनिकहरूलाई लक्षित गरी आक्रमण गरिनु अन्तरराष्ट्रिय कानून अन्तर्गत युद्ध अपराध हुन सक्ने भन्दै सम्बन्धित सबै पक्षलाई स्मरण गराएका छन् । उनले मध्य अफ्रिकी गणतन्त्रका अधिकारीहरूलाई यस आक्रमणका दोषीहरूलाई पहिचान गरी न्यायको दायरामा ल्याउन कुनै कसर बाँकी नराख्न समेत विशेष आग्रह गरेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot