Logo

स्वाभिमान दिवस मनाउँदै मधेश,अवरोध गर्ने जनमतको प्रयास



काठमाडौं,३ माघ । प्रदेशको नामाकरण भएको सम्झनामा मधेश प्रदेश सरकारले आज स्वाभिमान दिवस मनाइरहेको छ । २०७८ माघ ३ गते आजकै दिन तत्कालीन प्रदेश नम्बर २ को नाम मधेश राखिएको सम्झनामा प्रदेश सरकारले आजको दिनलाई स्वाभिमान दिवस मनाउने निर्णय गरेको थियो ।

प्रदेश सरकारले स्वाभिमान दिवस मनाइरहँदा सत्ता साझेदार दल जनमत पार्टीले भने कार्यक्रम बिथोल्ने प्रयास गरेको छ । मधेश सरकारले जनकपुरधामस्थित महेन्द्र नारायण निधी मिथिला संस्कृति भवनमा कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रम भइरहेकै बेला जनमत पार्टीका नेता कार्यकर्ताहरु प्रवेश गरी भ्रष्टाचार काण्डहरुको छानविन गर भन्दै प्रदर्शन गरेका छन् ।

प्रदेश सरकार गठन भएको ६ वर्ष पूरा भएको अवसरमा जनमत पार्टीका सचिव बीपी साहले आज एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकारले ६ वर्षमा गरेका विभिन्न भ्रष्टाचारका घटनामा छानबिन गर्न माग गरेका थिए ।

साहले जसपा नेपालले ६ वर्ष सत्ताको नेतृत्व गरिरहँदा गरेका ६ वटा भ्रष्टाचारका घटनामा सत्यतथ्य छानबि गर्न माग गरेका थिए । साहले मुख्यमन्त्री बेटी बचाउ बेटी पढाउ कार्यक्रम, साइकल खरिद कार्यक्रम लगायताका कार्यक्रममा अर्बौको भ्रष्टाचार भएको आरोप लगाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot