कांग्रेसबाट निर्वाचित स्वामिकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष जोशीको निधन


काठमाडौं,४ माघ । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष मैना जोशीको निधन भएको छ।

उपाध्यक्ष जोशीको ५२ वर्षको उमेरमा बिहीबार बिहान करिब ४ बजे आफ्नै घरमा निधन भएको हो।

उपाध्यक्ष जोशी क्यान्सरबाट पीडित थिइन्। ललितपुरको किष्ट अस्पतालमा उपचार गराएर हालै उनलाई घर लगिएको थियो।

२०७९ वैशाखमा भएको स्थानीय तह चुनावमा जोशी नेपाली कांग्रेसबाट उम्मेदवार भई उपाध्यक्षमा निर्वाचित भएकी थिइन्।

कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले उपाध्यक्ष जोशीको निधनमा दुख व्यक्त गर्दै गत मंसिर २८ को जंसालमा भएको भेट नै अन्तिम भएको उल्लेख गरेका छन्।

Skip This