Logo

साढे तीन लाख कित्ता आईपीओ जारी गर्दै कैलाश हेलिकप्टर



काठमाडौं, माघ ४ । कैलाश हेलिकप्टर सर्भिसेस् लिमिटेडले सेयर निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले तीन लाख ५० हजार कित्ता आईपीओ जारी गर्न मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

कम्पनीले जारी पुँजी ३५ करोडको १० प्रतिशत रकमको आईपीओ जारी गर्न लागेको हो । यसका लागि एक सय रुपैयाँ अंकित दरको ३ लाख ५० कित्ता साधारण शेयर सर्वसाधारणहरुमा जारी गर्नको कैलाश हेलिकप्टरकोका प्रबन्ध संचालक प्रतापजङ्ग पाण्डे तथा मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्रध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सन् २०१८ मार्च २३ बाट संचालनमा आएको यस कम्पनीले एयरबस कम्पनीले बनाएको एएस ३५० सिरिजका ३ वटा हेलिकप्टर उडान गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot