Logo

अर्थ मन्त्रालयले आज बजेटको अर्ध वार्षिक समीक्षा गर्दै



काठमाडौं, माघ २९ । अर्थ मन्त्रालयले आज चालु आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्थवार्षिक समीक्षा सार्वजनिक गर्ने भएको छ। मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्ध वार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रम आज दिउँसो ३ः३० बजेको लागि तय गरेको छ।

अर्थ मन्त्री डा. प्रकाश शरणले महतले गत जेठ १५ गते चालु आर्थिक वर्ष २०८०/८१ को लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएका थिए। कुल १७ खर्ब ५१ अर्ब रुपैयाँ बजेट तय गरिएकोमा ११ खर्ब ४१ अर्ब ७८ करोड रुपैयाँ साधारण तथा प्रशासनिक खर्चको लागि छुट्याईएको थियो । पूँजीगत खर्चको लागि ३ खर्ब २ अर्ब ७ करोड रुपैयाँ छुट्याईएको थियो । त्यस्तै, वित्तीय व्यवस्थापन तर्फ ३ खर्ब ७ अर्ब ४५ करोड रुपैयाँ बजेट छुट्याईएको थियो ।

त्यस्तै, नेपाल राष्ट्र बैंक स्रोतका अनुसार चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा समेत आजै साँझ आउने सम्भावना रहेको छ । नीति तथा अनुसन्धान विभागले तयार गरेको मौद्रिक नीतिलाई पारित गर्ने उद्देश्यले राष्ट्रबैंकले आज साँझ ५ बजे सञ्चालक समितिको बैठक बोलाएको छ । यदि आजको सञ्चालक समितिले मौद्रिक नीतिको समीक्षा पारित गरे आजै साँझ सार्वजनिक गरिने स्रोतको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot