Logo

प्रदेश प्रमुख शर्माद्वारा बागमती प्रदेशसभाको बैठक आह्वान



मकवानपुर, ११ फागुन । बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रदेशसभाको १३औँ अधिवेशन आह्वान गरेका छन् ।

नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम बागमती मन्त्रिपरिषद्बाट सिफारिस भई आएअनुसार प्रदेशसभाको अधिवेशन बैठक फागुन १५ गते अपराह्न ३ बजे बस्ने गरी आज आह्वान गरेको प्रदेश प्रमुख सचिवालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिए । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot