Logo

आजपाको मकवानपुर जिल्ला भेला सम्पन्न, भ्रष्टाचारीलाई जनकारबाही गर्ने घोषणा



काठमाडौं, १९ फागुन । प्रभु साह नेतृत्वको आम जनता पार्टीको मकवानपुर जिल्ला भेला सम्पन्न भएको छ । ‘भ्रष्टाचारबारे जनचेतना अभिवृद्धि गरौं, भ्रष्टाचारीलाई जनकारबाही गरौं’ भन्ने मूल नाराका साथ उक्त भेला सम्पन्न भएको जनाईएको छ ।

यस्तै, भेलाले शीशिर राजथलाको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कमिटीपनि घोषणा भएको आजपाले जनाएको छ । अध्यक्ष साहले उक्त ऐतिहासिक भेलाबाट निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई बधाईसहित सफल कार्यकालको शुभकामना प्रदान गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot