Logo

सहकारी ठगहरुविरुद्ध ठूलो अभियान चलाइँदैछः गृहमन्त्री श्रेष्ठ



काठमाडौं, १९ फागुन । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहकारी ठगहरुविरुद्ध राज्यले ठूलो अभियान चलाउन लागेको बताएका छन् । आज (शनिबार) गृहमन्त्रीसँग संवृद्धि र सुशासनका कुरा विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । साथै, सरकारले हरेक क्षेत्रमा सुशासन कायम गर्ने प्रयास गरिरहेको उनले बताए ।

‘अहिले सहकारी ठगहरुविरुद्ध ठूलो अभियान चलाइँदैछ । हरेक क्षेत्रमा सुशासन स्थापित गर्न खोजिँदै छ । तर, यहाँ दुर्भाग्य छ, दुःख नमान्नुहोला, राम्रो काम गर्न बडो कठिन छ । तरपनि गर्नैपर्छ । नत्रभने ठूलो अन्याय हुन्छ,’– उनले भने ।

राज्यको लुटिएको पाँचदेखि छ खर्बको जग्गा आफूहरुले पुनः सरकारकै नाममा ल्याएको उनले बताए । वर्तमान सरकारले भुटानी शरणार्थी प्रकरण, सुन तस्करी प्रकरण, बाँसबारी जुत्ता कारखाना जग्गा प्रकरण लगायतमा राज्यले ठूलो सफलता हासिल गरेको बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot