Logo

मौलापुरद्धारा मधानी महोत्सवको सम्पूर्ण खर्च विवरण सार्वजनिक



काठमाडौं, २९ फागुन । रौतहटको मौलापुर नगरपालिकाले आयोजना गरेको यस वर्षको मधानी महोत्सवको सम्पूर्ण खर्च विवरण सार्वजनिक गरेको छ । नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत रामबाबु प्रसाद साहले महोत्सवको खर्च विवरण सार्वजनिक गरेका हुन् ।

मौलापुरले महोत्सवको खर्च विवरण समयमै सार्वजनिक गरेर मितव्ययिता र पारदर्शीता देखाएको भन्दै आजपाका अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले खुशी व्यक्त गरेका छन् । उनले मौलापुरको उक्त कार्यलाई उदाहरणीयपनि भनेका छन् ।

विभिन्न शीर्षकमा सार्वजनिक गरिएको खर्च विवरणअनुसार उक्त महोत्सवमा ७३ लाख २५ हजार रुपैयाँ खर्च भएको जनाईएको छ । सबैभन्दा ठूलो राशिमा खर्च भने कलाकारहरुको पारिश्रमिकमा भएको छ ।

पतौरा पुरातात्विक महादेव मन्दिरलाई बिश्व सम्पदा सूचिमा सुचिकृत गराउने र मधानी महायज्ञलाई विश्वस्तरमा पुर्याउने संकल्पसहित मौलापुर नगरपालिकाद्वारा गत फागुन २२ गतेदेखि २६ गतेसम्म ५ दिवसीय मधानी महोत्सवमा जम्मा ७३ लाख खर्च भएको छ ।

उक्त महोत्सवमा भारतीय सुपरस्टार गोविन्दा, नेपाली सुपरस्टार पल साह, सुपरस्टार नायिका निलम गिरि, बिश्व चर्चित पहलवान बबिता फोगाटलगायत दर्जनौं प्रसिद्ध कलाकार तथा खेलाडीहरूको सहभागिता, रहेको थियो । यस्तै, बाबाधामको मुल पुजारीहरु र संस्कृत विश्वविद्यालयका आचार्यहरुले मन्दिरमा पुजा गराउनुको साथै विशाल संख्यामा निकालिएको भगवान शिवको बारात यात्रा महोत्सवको आकर्षण थियो ।

विभन्न शिव मण्डलीसहितको शिवलिला प्रदर्शन रहेको थियो । दुनियाँलाई तरंगित गर्ने यस्तो बिशाल कार्यक्रम यत्तिको थोरै रकममा भब्यताका साथ सम्पन्न हुनु मितब्यीता, सुशासन, पारदर्शिता र सदाचारको क्षेत्रमा उदाहरणीय बनेको भनेर प्रशंसा भैरहेको छ ।

सरकारी निकायमा खर्च विवरण माग्दा पनि नदिने अहिलेको परिवेशमा नगरपालिकाले आँफै खर्च विवरण सर्वाजनिक गर्नु आफैंमा सराहनीय एवं उदहरणीय कार्य भएको सांसद साहको भनाई छ । मौलापुर नगरपालिका विकास र सेवासुविधा उदाहरण मात्र नभई अब पारदर्शिता, जवाफदेहिता र सुशासनको क्षेत्रमा पनि प्रख्याँत बनेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot