काठमाडौं,१ चैत । आगामी वैशाख १५ गते हुन् लागेको इलाम-२ र बझाङको प्रदेश सभा (ख) को उपनिर्वाचनका लागि २० वटा राजनीतिक दलहरु दर्ता भएका छन् ।
निर्वाचनन आयोगले दल दर्ता गर्नका लागि तोकेको समयसम्म प्रतिनिधि सभातर्फ २० र प्रदेश सभातर्फ १९ राजनीतिक दलले दल दर्ताका लागि निवेदन दिएको निर्वाचन आयोगले जनाएको छ ।
नेपाली कांग्रेस,नेकपा एमाले,नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी दर्ता भएको आयोगले जनाएको छ ।
त्यस्तै,नेपाल मजदुर किसान पार्टी, मंगोल नेशनल अर्गनाइजेशन,राष्ट्रिय जनमुक्ति पार्टी,जनमत पार्टी,संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च,नेपाली जनता दल, बहुजन शाक्ति पार्टी, नेशनल रिपब्लिक नेपाल, नेपाल समाजवादी पार्टी, राष्ट्रिय मातृभूमि पार्टी र राष्ट्रिय मुक्ति आन्दोलन नेपालले पनि उपनिर्वाचनमा सहभागी हुनका निम्ति निवेदन दिएका छन् ।
इलाम २ बाट निर्वाचित सांसद तथा संविधान सभाका अध्यक्ष, पूर्व सभामुख, नेकपा एमालेका उपाध्यक्ष संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएको थियो भने बझाङबाट निर्वाचत प्रदेश सांसद तथा सुदूरपश्चिम प्रदेशका कानूनमन्त्री पृथ्वीबहादुर सिंहको असारमा गाडी दुर्घटनामा निधन भएको थियो ।




प्रतिक्रिया