त्रिविमा सबै तहका विद्यार्थीलाई मौका परीक्षाको अवसर, एआई प्रयोग गरे परीक्षा रद्द


काठमाडौं, असोज ८ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले समय सीमा कटेर परीक्षा दिन नपाएका विद्यार्थीहरूका लागि मौका परीक्षा सञ्चालन गर्ने भएको छ । त्रिविले मंगलबार एक सूचना जारी गर्दै मानविकी तथा सामाजिक शास्त्र ,व्यवस्थापन , शिक्षा ,कानुन ,विज्ञान तथा प्रविधि अध्ययन संस्थानका बि. स.२०५८ साल देखीका वार्षिक प्रणाली अन्तर्गत र २०६९ साल देखिका सेमेस्टर प्रणालीका विद्यार्थीको लागि एकपटक मौका परीक्षा सञ्चालन गर्ने भएको प्रकाशित सूचनामा उल्लेख छ।

त्रिभुवन विश्वविद्यालय परीक्षा सुधार समितिका अध्यक्ष एवम् शिक्षाध्यक्ष प्राध्यापक डा.खड्ग केसीको अध्यक्षतामा समितिको २०८१ असोज सात गते बसेको बैठकले मौका परिक्षाको व्यवस्था गर्ने निर्णय गरेको छ। यस्तै, बैठकले त्रिविबाट सञ्चालन हुने जुनसुकै परीक्षामा पनि एआई प्रयोग गरेको भेटिए त्यस्ता विद्यार्थीको परीक्षा रद्द गर्ने निर्णय पनि गरेको छ।

Skip This

Omoda E5 Pro