पूजा शर्मालाई समिक्षा अधिकारीको आग्रह : यसरी पीडा नदिनुस, प्लिज !


काठमाडौं, १८ भदौ । गायिका समिक्षा अधिकारीले नायिका पूजा शर्मालाई आफूलाई पीडा नदिन आग्रह गरेकी छिन् । उनले नायिका पूजा शर्माले एउटा पडकास्टमा दिएको अभिव्यक्ति साझा गर्दै यी कलाकारहरु नै न्यायाधीश हुन भने उतिबेला यतैबाट फैसला गरिदिएको भएपनि हुन्थ्यो नि ? भनेर प्रश्न गरेकी छिन् ।

उनले आफ्नो घट्नाबारे सत्य के हो ? भन्ने कुरा कि आफूलाई थाहा छ कि उसलाई या त भगवानलाई नै थाहा छ भनेर टिप्पणी गरेकी छिन् । उनले के गलत ? के सही भनेर छुट्याउन नसक्ने उमेरमा पनि आफूले मायाको तराजुमा आफूलाई जोख्न तयार भएको स्मरण गराएकी छिन् । उनले पूजाको अभिव्यक्तिको एक भिडिओ क्लिप सेयर गर्दै फेशबुकमा यस्तो लेखेकी छिन्-

अदालत नै पोडकाष्टहरु हुन भने, न्यायधिस नै यी र यस्ता कलाकारहरु हुन भने उतिबेला यतैबाट फैसला गरिदिएको भएपनि हुन्थ्यो नि! सत्य के हो? कि उस्लाई थाहा छ, कि मलाई थाहा छ कि त भगवानलाई थाहा छ। के सहि? के गलत? छुट्याउन नसक्ने उमेरमा पनि मैले त मायाको तराजुमा आफुलाई जोख्न तयार भएँ। र माफी दिएर सावित गरिदिएँ।

त्यस यता सबै नर्मल नै चलिरहेका बेला आफै छोरी भएर उमेरले झन्डै १४ वर्ष कान्छी एउटी बहिनीलाई यसरी बारम्बार प्रहार गर्नु राम्रो हो र? यसरी पनि सिनेमा चलाउन खोज्नु सहि हो र? सानालाई माया र ठुलालाई सम्मान गर्ने संस्कार सिकेर आएकी हुँ। हिजो ”तिमि मेरो बहिनी” भनेर आउनुभयो, मैले दिदि भनें, माने। अहिले पनि मानेकी छु। मान्छु तर यसरी पिडा नदिनुस् प्लिज।

Skip This

Omoda E5 Pro