नित्यनाथ सत्तलको पुनर्निर्माण सुरू, गगनले गरे शिलान्यास


काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं- ८, नवाली टोलमा रहेको नित्यनाथ सत्तलको पुनर्निर्माण सुरु भएको छ । बिहीबार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उक्त सत्तल पुर्ननिर्माणको शिलान्यास गरेका हुन् ।

पुनर्निर्माणपछि यहाँ पुस्तकालय,सामाजिक कार्यका लागि हल र नित्यनाथ मन्दिर रहनेछ। परम्परागत वादन तथा गायन सिक्नुअघि नित्यनाथको पूजा गर्ने परम्परा रहिआएको थापाले जनाएका छन् ।

उनले लेखेका छन् ‘काठमाडौं महानगरपालिका वडा नं ८, नवाली टोलमा रहेको नित्यनाथ सत्तलको पुनर्निर्माणका लागि आज शिलान्यास सम्पन्न भयो । पुनर्निर्माणपछि यहाँ पुस्तकालय, सामाजिक कार्यका लागि हल र नित्यनाथ मन्दिर रहनेछ। परम्परागत वादन तथा गायन सिक्नुअघि नित्यनाथको पूजा गर्ने परम्परा रहिआएको छ। सम्पदा संरक्षणलाई प्राथमिकता दिँदै काठमाडौं महानगरपालिकाले निरन्तर लगानी गरिरहेकोमा काठमाडौं महानगरपालिका, सम्पदा तथा पर्यटन विभागलाई धन्यवाद!’।