नित्यनाथ सत्तलको पुनर्निर्माण सुरू, गगनले गरे शिलान्यास


काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं- ८, नवाली टोलमा रहेको नित्यनाथ सत्तलको पुनर्निर्माण सुरु भएको छ । बिहीबार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उक्त सत्तल पुर्ननिर्माणको शिलान्यास गरेका हुन् ।

पुनर्निर्माणपछि यहाँ पुस्तकालय,सामाजिक कार्यका लागि हल र नित्यनाथ मन्दिर रहनेछ। परम्परागत वादन तथा गायन सिक्नुअघि नित्यनाथको पूजा गर्ने परम्परा रहिआएको थापाले जनाएका छन् ।

उनले लेखेका छन् ‘काठमाडौं महानगरपालिका वडा नं ८, नवाली टोलमा रहेको नित्यनाथ सत्तलको पुनर्निर्माणका लागि आज शिलान्यास सम्पन्न भयो । पुनर्निर्माणपछि यहाँ पुस्तकालय, सामाजिक कार्यका लागि हल र नित्यनाथ मन्दिर रहनेछ। परम्परागत वादन तथा गायन सिक्नुअघि नित्यनाथको पूजा गर्ने परम्परा रहिआएको छ। सम्पदा संरक्षणलाई प्राथमिकता दिँदै काठमाडौं महानगरपालिकाले निरन्तर लगानी गरिरहेकोमा काठमाडौं महानगरपालिका, सम्पदा तथा पर्यटन विभागलाई धन्यवाद!’।

Skip This

Omoda E5 Pro