सोसल मिडियाले समाजको खुसी खोस्दैछ : प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालले मानिसहरुको खुसी खोसिरहेको टिप्पणी गरेका छन् । बिहीबारबाट राजधानीमा सुरु भएको डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई उद्घाटन गर्दै प्रधानमन्त्री अ‍ोलीले सो कुरा बताएका छन् ।

‘मानिसहरु क्षणिक रुपमा खुसी भइरहेको देखिन्छ । तर,सामाजिक सञ्जालले मानिसको खुसी खोसिरहेको छ । सामाजिक सञ्जाल नियन्त्रणभन्दा बाहिर जान लागेको छ । छाडातन्त्र, अराजकता र समाजलाई विकृत बनाउने, सभ्यता, संस्कृति, गौरवपूर्ण परम्परालाई होच्याउने र अपमान गर्ने काम भइरहेको छ’ प्रधानमन्त्री अ‍ोलीले भने ।

ओलीले संसद्मा दर्ता भएको सामाजिक सञ्जाल विधेयकको बचाउ समेत गरेका छन् । उनले उक्त विधेयकले जनताको एक इन्च पनि अधिकार कटौती नहुने प्रष्ट पारेका छन् । समाजमा भाइरल हुने मोहका कारण कसैको जीवन, कसैको कारोबार त कसैको सम्बन्धलाई बदनाम बनाउने प्रयासलाई मात्र रोक्नका लागि विधेयक ल्याईएको प्रष्ट पार्दै ओलीले समाजमा देखिएको छाडातन्त्र नियन्त्रण हुनैपर्ने बताए ।

‘घृणाको राजनीति, घृणाको क्रियाकलाप, कसैको व्यवहार, कारोबार बर्बाद गरिदिने, कसैका परिवार छिन्नभिन्न बनाइदिने, कसैको जिन्दगी बदनाम गरिदिने, अविश्वास फैलाइदिने, भ्रम छरिदिने यसप्रकारका कामहरू छन्, ती नियन्त्रण हुनुपर्छ,” उनले भने, “यस्ता कुराहरू छोड्नु हुँदैन ।”

Skip This

Omoda E5 Pro