पुस्तक लोकार्पणमा ओलीले बझाए नरसिङ्गा


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नरसिङ्गा उपहार दिईएको छ । सोमबार राष्ट्रिय सभा गृहमा आयोजित पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओली: सपना, सङ्घर्ष र संकल्प’ पुस्तकको आज लोकार्पणमा चितवनको इच्छाकामना गाउँपालिकाको टोलीले नरसिंगा उपहार दिएको हो ।

नरसिंहा पाएका ओलीले बझाउने कोशिस पनि गरेका थिए । यद्यपि त्यस्को आवाज भने निकाल्न सकेनन् ।

नरसिङ्गा पञ्चैबाजा समूहको मुख्य बाजा हो। यो अर्को बाजा कर्नाल जस्तै हो। यो बाजा मुखले फुकेर बजाइन्छ। यो तामाको पातलो पाताबाट बनेको हुन्छ। यो झण्डै अर्धचन्द्राकार हुन्छ। यस बाजाको स्वर निस्कने भाग ठूलो र फुक्ने भाग सानो हुन्छ। यसको आवाज भने कर्नालभन्दा ठूलो र तीखो हुन्छ। नरसिङ्गा पाँच मुखेदेखि सात मुखे सम्मको हुन्छ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उक्त पुस्तक लोकार्पण गरेकी हुन् । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष ओलीले लोकतन्त्र प्राप्तिका लागि गरेका अनेक सङ्घर्षदेखि मुलुकको समृद्धिका लागि देखाएका सपना र गरेको नेतृत्वदायी पहललाई समेटेर पुस्तक तयार गरिएको हो ।

Skip This

Omoda E5 Pro