काठमाडौं । कोशी अस्पताल, विराटनगरमा रेडियोग्राफर पदमा कार्यरत जितेन चौधरीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चौधरीले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा विशेष अदालतमा भ्रष्टाचारको मुद्दा हालेको हो ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार कोशी अस्पतालको सीटी स्क्यान डिपार्टमेन्टमा कार्यरत चौधरीको बीएससी तहको शैक्षिक योग्यताको प्रमाणपत्र झुट्टा रहेको भन्ने उजुरी आयोगमा परेको थियो ।
चौधरीको B.Sc.तहको शैक्षिक योग्यताको प्रमाणपत्र झुट्टा रहेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उनले नेपाल स्वास्थ्य व्यवसायी परिषद्को सदस्य हुन राजिभ गान्धी युनिभर्सिटी अफ हेल्थ साइन्स, कर्नाटकबाट जारी भएको BSc. MIT Reg No 09E1958, PDC/Degree Certificate No o147294, को झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी कोशी अस्पताल, विराटनगरमा रेडियोग्राफर पदमा २०७२/ १०-०१ गते नियुक्ति लिई ओहोदा, लाभ र सुविधा प्राप्त गरेकोले चौधरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता घिमिरेले जानकारी दिए ।
प्रतिक्रिया