प्रधानमन्त्री ओलीले फागुन २७ गते कोशी प्रदेश सभालाई सम्बोधन गर्ने


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २७ गते कोशी प्रदेश सभामा सम्बोधन गर्ने भएका छन् । बिहीबार बसेको प्रदेश सरकोको मन्त्रिपरिषद्को बैठकले २७ गते प्रदेश सभामा सम्बोधनका लागि ओलीलाई निमन्त्रणा पठाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले धनकुटा नगरपालिका र चीनको फुझाउ सहरबिच भगिनी सम्बन्ध कायम गर्न परामर्श दिने समेत निर्णय गरेको छ। त्यस्तै कोशी पर्यटन वर्ष को लागि विनियोजित गरेको रकमको स्रोतगत बाँडफाँड गर्ने निर्णय समेत गरेको छ।

प्रधानमन्त्री ओलीले आज कर्णाली प्रदेश सभामा सम्बोधन गर्दैछन् । ओलीले गत साता लुम्बिनी प्रदेश सभामा पनि सम्बोधन गरेका थिए ।

Skip This

Omoda E5 Pro