कुलमानलाई शून्य अंक दिएपछि ऊर्जामन्त्री खड्काले संसद्मा पाए विशेष धन्यवाद !


काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्यसम्पाद मुल्यांकनमा शुन्य अंकदिईएको भन्दै उर्जामन्त्री दीपक खड्कालाई धन्यवाद दिएकी छन् । आज बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद राईले व्यंग्य गर्दै धन्यवाद दिएकी हुन् ।

उनले भनिन्, ‘मुलुकभर १८ घण्टासम्म भइरहेको लोडसेडिङ अन्त्य गरी २०७३ सालसम्म ५८ प्रतिशत जनसंख्यामा मात्र विद्युत् वितरण भएकोमा अहिले ९९ प्रतिशत घरधुरीमा विद्युत् पुगेको छ। प्राधिकरणले गत आर्थिक वर्षमा १४ अर्ब ४६ अर्ब नाफा कमाएको थियो। चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ३६ करोड नाफा कमाएको कारण नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई मूल्यांकनमा जिरो अंक दिनुभएकोमा माननीय ऊर्जा मन्त्रीज्यूलाई विशेष धन्यवाद।’

Skip This

Omoda E5 Pro