राष्ट्रिय सभामा उत्पत्ति भएका चार विधेयक प्रमाणित, भोलि ‍शीतलनिवास पठाइने


काठमाडौं । राष्ट्रिय सभामा उत्पत्ति भएका चार विधेयक प्रमाणित भएका छन्। सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक-२०८०, विद्युतीय व्यापार विधेयक-२०८०, विधायन सम्बन्धी विधेयक-२०८० र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक- २०७६ विधेयक राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले प्रमाणित गरेका हुन्।

अध्यक्ष दाहालले प्रमाणित गरेका विधेयकहरुलाई प्रमाणिकरणका लागि भोलि (मंगलबार) ‍राष्ट्रपति कहाँ पठाइने राष्ट्रियसभाले जनाएको छ।

संविधानको धारा ११३ को उपधारा (१) बमोजिम राष्ट्रियसभा अध्यक्षले प्रमाणित गरी धारा ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणिकरणका लागि राष्ट्रपतिसमक्ष पेस गर्ने व्यवस्था छ। राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरिसकेपछि ऐनका रुपमा लागू हुन्छ।

Skip This

Omoda E5 Pro