संसदभित्र कुर्सी भाँचिदा एमाले सांसद थेवे घाइते


काठमाडौं । प्रतिनिधि सभा बैठकमा कुर्सी भाचिँदा सांसद घाइते भएका छन् । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा एमाले सांसद उर्मिला थेवे बसेको कुर्सी भाँचिएको हो ।

बैठकको विशेष समयमा कांग्रेस सांसद गगन थापा बोलिरहेका बेला कुर्सी भाँचिएको हो।

सांसद लडेपछि सभामुख देवराज घिमिरेले चासो देखाएका थिए। त्यस्तै बोलिरहेका सांसद गगन थापा पनि रोकिएर पछाडी फर्किएका थिए।

उनलाई अहिले संसद् भवनबाट बाहिर लगिएको छ । उनको अवस्था सामान्य नै रहेको नेताहरुले जनाएका छन् ।

Skip This

Omoda E5 Pro