काठमाडौं । लुम्बिनीमा जारी प्रधानमन्त्री कप क्रिकेटमा मधेश प्रदेशले विभागीय टिम एपीएफलाई १६९ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिला ब्याटिङ गरेको मधेशले ४०.५ ओभरमा अलआउट हुँदै १६८ रन जोड्यो । मधेशकाा लागि पवन सर्राफले अर्धशतकीय पारी खेले । ७७ बलको सामना गरेका उनले ८ चौका र ५ छक्काको मद्दतमा ७७ रन हिर्काए । त्यस्तै अनिल साहले ११रन जोडेको खेलमा रुपेस सिंह र प्रदीप् पासवानले समान १० रन जोडे ।
एपीएफका लागि कमलसिंह ऐरीले चार तथा भुवन कार्की र रोहितकुमार पौडेलले समान २ विकेट लिँदा अभिषेक गौतमको नाममा १ विकेट रह्यो । यी दुवै टिमको यो दोस्रो खेल हो । पहिलो खेलमा दुवै टिमले जितेका थिए ।
प्रतिक्रिया