काठमाडौं, ८ बैशाख । भरतपुर महानगरकी प्रमुख रेनु दाहालले एमालेसँग फेरि पनि एकता हुनसक्ने बताएकी छिन् । उनले एमालेसँग एकता असम्भव भन्ने नरहेको प्रष्ट्याउँदै यस्तो बताएकी हुन् । पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले हिजोको दिनमा एमाले र माओवादी एक भएको स्मरण गराउँदै भोलि पनि एक हुनसक्ने सुनाईन् ।
उनले भनिन्,‘एमाले र माओवादीको एकता असम्भव भन्ने छैन । राजनीतिमा असम्भव भन्ने केही पनि छैन । हिजो पनि एकता भएकै हो । भोलि एकता नहुने भन्ने छैन् ।’ कम्युनिष्टहरु एक भएको खण्डमा देशले दुःख नपाउने उनको तर्क छ । उनले कम्युनिष्टहरु एकातिर र डेमोक्र्याटहरु एकातिर हुँदा नै देशलाई न्याय र फाईदा हुने तर्क गरिन् ।
तर, तत्काल एमाले र माओवादीबीच एकता हुन्छ भन्नेमा आफू विश्वस्त नभएको उनको दाबी छ । उनले ०८४ को निर्वाचनमा आफू चितवनबाट चुनाव लड्ने पनि घोषणा गरिन् । चितवन क्षेत्र २ वा ३ मध्ये एक क्षेत्रबाट आफू चुनाव लड्ने निश्चित् रहेको र जित्ने सम्भावना पनि रहेको उनको भनाई छ । उनले चितवनको विकासमा आफूले पुर्याएको योगदानको जनताले कदर गर्ने विश्वास दिलाईन् ।
प्रतिक्रिया