काठमाडौं, १० वैशाख । काठमाडौंको माकलबारीस्थित एक मोटरसाइकल वर्कसपमा मारिएका राहुल साहको परिवारले न्याय नपाएको बताएको छ । राहुलका परिवारका अनुसार छ जना मिलेर उनको हत्या भएको थियो । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै मृतक राहुलका दाजुले भने, ‘भाइलाई गम्छाले घाँटीमा कसी छ जना मिलेर मारी, त्यही ग्यारेजभित्र गाडिदिएको, अनि अस्तीको दिन दुई जनालाई छोडिदियो । हामीले न्याय पाएनौं ।’
राहुलको परिवारले बताएअनुसार सो घटना गत चैत ११ गते भएको थियो । उक्त ग्यारेज सञ्चालकलाई राहुलले सापटी दिएकोमा सापटी फिर्ता लिन बोलाएर उनको हत्या गरिएको परिवारको दाबी छ । ‘घाटी समातेर मार्दियो । चार दिनपछि लास भेटाइयो,’– उनका बाबुले भने ।
प्रतिक्रिया