शिक्षकहरू दलहरूको झोले बनेको अमरेशकुमार सिंहको टिप्पणी


काठमाडौं, १३ बैशाख । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले मुलुकमा राजनीतिक भ्रष्टीकरण र पारिवारिकरण भएकोले राम्रो हुन नसकेको बताएका छन् । शिक्षकहरुको आन्दोलनप्रति सरकार संवेदनशील नभएको उनको भनाई छ ।

प्रतिनिधिसभाको हिजोको बैठकमा सहभागी भएर बाहिरिने क्रममा मिडियाकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले शिक्षकहरुलाई पनि अहिले एउटा पाठ मिलेको भन्दै दलको झोले बन्दा समस्या भोग्नुपरेको टिप्पणी गरे ।

उनले भने,‘शिक्षकहरु तलव भक्ता चाहीँ नेपाली जनताको करको पैसाबाट खाने अनि दलहरुको झोला बोकेर घुमिरहने, नेपालमा यति केही खस्किएको छ भने शिक्षाको स्तर हो ।’

राज्यको तलव तथा भत्ता खाएर बनाईएका युनियनहरु गलत भएको भन्दै त्यसको खारेज हुनुपर्ने सिंहको भनाई छ । विचौलिया र दलालहरुले राजनीतिक पार्टीहरु चलाउन थालेपनि देश समस्यामा परेको उनको टिप्पणी छ । file photo