काठमाडौं, वैशाख २० । आज नेकपा (एमाले) को संसदीय दलको बैठक बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजे बस्ने तय भएको बैठकमा राष्ट्रपतिले शुक्रबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, संसदमा दलको तर्फबाट खेल्ने भूमिका बारे लगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।




प्रतिक्रिया