आज मधेस र लुम्बिनी प्रदेशमा हावाहुरी चल्ने


काठमाडौं, वैशाख २९। हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश ,गण्डकी प्रदेश ,कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा  आंशिक देखि साधारणतया बदली रही थोरै स्थानहरुमा हल्का बर्षा भइरहेको छ ।

दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा  मूख्यतया सफादेखि आंशिक बदली रहनेछ । देशको पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भू-भागका ‍एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

राति भने कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेश प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग्सहित हल्का वर्षा र हिमाली भू-भागका ‍एक-दुई स्थानमा हल्का वर्षार हिमपातको सम्भावना रहेको छ ।