रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिट आज पनि हेर्न नमिल्नेमा


काठमाडौं, ३१ वैशाख । गैरकानूनी थुनामा राखिएको दाबीसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तर्फबाट सर्वोच्च अदालतमा दायर भएको बन्दीप्रत्यक्षीकरणको रिट हेर्न नमिल्नेमा परेको छ । आज (बुधबार) न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासमा सुनुवाइका लागि पेशी तोकिएको उक्त रिट अन्ततः सातौं पटक हेर्न नमिल्नेमा परेको हो ।

रास्वपा सभापति लामिछाने हाल जिल्ला कारागार कार्यालय रुपन्देहीमा थुनामा छन् । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमाले उच्च अदालतको आदेशमा उनी कारागार चलान भएका हुन् । जिल्ला अदालत रुपन्देहीले उक्त सहकारी ठगी प्रकरणमा लामिछानेलाई एक करोड धरौटीमा छाडेको थियो । तर, उच्च अदालतले जिल्लाको आदेश उल्ट्याउँदै उनलाई थुनामा पठाएको थियो ।

उच्च अदालतको आदेशपश्चात लामिछानेलाई काठमाडौंबाट प्रहरीले पक्राउ गरेको र हिरासतमा राखेको थियो । लामिछानेको पक्राउको प्रक्रियाबारे प्रश्न उठाउँदै उनकी श्रीमत निकिता पौडेलले बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी थिईन् । File Photo/RN