काठमाडौं, ३१ वैशाख । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले कैलाश चौधरीलाई सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनाउने भएको छ । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले चौधरीलाई मन्त्री बनाउन प्रदेश संसदीय दललाई पत्राचार गरेकी छन् । यसअघि चौधरी भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री थिए ।
यसअघि सरकारमा सहभागी भएर उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका लक्ष्मण किशोर चौधरीको आर्थिक लेनदेनको अडियो बाहिरिएपछि उनले पदबाट राजीनामा दिएका थिए ।
हिजो पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बसेको थियो । बैठकले मन्त्री टुङ्गो लगाउन नसकेपछि त्यसको जिम्मा पार्टी अध्यक्ष श्रेष्ठ र संरक्षक रेशम चौधरीलाई दिएको थियो । प्रदेश संसदीय दललेख मन्त्री छान्ने जिम्मा केन्द्रलाई दिएसँगै रञ्जिताले कैलाश चौधरीको नाम सिफारिस गरेकी हुन् । कैलाशलाई मन्त्री नियुक्तिको लागि आजै प्रदेश सरकारलाई सिफारिस गर्ने तयारी रहेको बताइएको छ । कैलाश अध्यक्ष श्रेष्ठनिकट नेता मान्छिन् ।
प्रतिक्रिया