काठमाडौं, ३१ वैशाख । नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्ताैलाले विद्यामान समस्यालाई केन्द्रमा राखेर सरकारले आगामी वर्षको बजेट ल्याउने बताएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दैै उनले सरकारको नीति तथा कार्यक्रम र बजेटको सिद्धान्त र प्राथमिकतालाई हेर्दा विद्यामान समस्यालाई समाधान गर्नेगरी बजेट आउने आँकलन गर्न सकिने बताएका हुन् ।
‘सरकारको नीति तथा कार्यक्रम, त्यसको जगमा आएको बजेटको सिद्धान्तर प्राथमिकतालाई हेर्दा सरकारले मुख्यतय अहिलेको अर्थतन्त्रको विद्यमान निराशाहरुलाई अन्त्य गर्ने, त्यसलाई चिर्ने र विश्वासिलो वातारण निर्माण गर्ने, आर्थिक गतिविधिलाई चलायमान गर्ने, आन्तरिक र बाह्य लागनीलाई चलायमान बनाउने, अर्थतन्त्रको सुदृढीकरणलाई विशेष प्राथमिकता दिन खोजेको देखिन्छ । बजेट पनि यसैलाई केन्द्रमा राखेर नै आउँदैछ भन्ने हामी विश्वास गर्दैछौं,’– उनले भने ।
विगतमा लोकरिझ्याइँ प्रकृतिको नीति तथा कार्यक्रम र बजेट आउने गरेको उनले बताए । नेता बर्तौलाले लागत र प्रतिफलको अध्यायन गरेर अगाडि बढ्नुपर्ने बताए । सरकारले उद्यमशीलतालाई प्रवद्धन गर्न खोजेको पनि उनले बताए । File Photo/RN
प्रतिक्रिया