नेपालका ७२ जिल्ला विदेशलाई लिजमा दिनुपर्छ भन्ने अमरेशको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाईयो


काठमाडौं, ८ असार । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले नेपालका ५ वटा जिल्लामात्रै बजेट परेकाले ती पाँच जिल्लाबाहेक बाँकी ७२ जिल्ला अमेरिका, चीन र भारतलाई लिजमा दिनुपर्छ भनेर बोलेको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाईएको छ । एमालेका मुख्य सचेतक महेश बर्तौलाले नै सिंहले बोल्दै गर्दा नियामापत्ति गरेका थिए । सभामुख देवराज घिमिरे र सांसद सिंहबीच सदनमै नोकझोंक चलेको थियो ।

आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफलमा भाग लिने क्रममा डा. सिंहले पाँच जिल्लामा मात्रै बजेट केन्द्रित भएको र ती जिल्ल भाग्यमानी जिल्ला भएको र बाँकी जिल्लालाई विदेशी देशको नाम नै तोकेर लिजमा दिनुपर्छ भनेका थिए ।