ढुङ्गेअड्डामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक घाईते


काठमाडौं, असार ९ । चन्द्रागिरि नगरपालिका–१५ स्थित ढुङ्गेअड्डामा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

गएराति थानकोटतर्फ जाँदै गरेको ना.६ ख ८६७४ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक हुम्ला घर भएर तीनथाना बस्ने करिब २२ वर्षीय धिरेन्द्र भियालको मृत्यु भएको हो ।

दुर्घटनामा घाईते भएका अर्को मोटरसाइकल चालक ५० वर्षीय मुक्ति नारायण श्रेष्ठको कलङ्की स्थित सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।