काठमाडौं, ९ असार । मन्त्रिपरिषद् बैठकले भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउने भएको छ । संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रबीचको उच्चस्तरीय समझदारीअनुसार भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन हुने भएको छ ।
सुरुमा प्रधानमन्त्री केपी शर्मा ओलीले छानबिन समिति बनाउन आनाकानी गरेका थिए । तर, कांग्रेस र माओवादीबीच भएको सघन वार्तापछि एमाले पनि यसमा सहमत भएको बताईन्छ । माओवादीबाट भने यस प्रकरणमा गठन गरिने छानबिन समितिमा उपमहासचिव वर्षमान पुनको नाम सिफारिश गरिएको बुझिएको छ ।
पुनका साथै अर्का उपमहासचिव शक्तिबहादुर बस्नेत पनि समितिमा रहनेछन । माओवादीबाट भिजिट भिसा प्रकरणमा गरिएको सदन अवरोध खुलाउनको लागि सबभन्दा बढि सत्तापक्षसँगको वार्तामा पुन र बस्नेत नै बढि सहभागी थिए ।
प्रतिक्रिया