राष्ट्रपति भइसकेको व्यक्तिलाई उच्च सम्मानमा राख्न पार्टीले वातावरण बनाउनुपर्छ, राजनीतिमा पुनः फर्किने कुरा उचित होइन : यज्ञराज सुनुवार


काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र देखा पर्ने गतिविधिका बारेमा व्यंग्यात्मक टिप्पणी भएको छ।

केन्द्रीय सदस्य यज्ञराज सुनुवारले बैठकमा बोल्दै महाधिवेशन आउने बित्तिकै केही नेतामा ‘देउता चढ्ने’ लक्षण देखिने बताएका छन्। उनले गाउँघरमा चाडपर्वमा धामीझाँक्रीमा देउता चढेजस्तै एमालेमा पनि महाधिवेशनको बेला केही नेतामा यस्तै स्वभाव देखिने तर्क गरे।

उनको भनाइमा, यस्ता नेताबाट जनताले मात्र होइन, आफ्नै पार्टीका कार्यकर्ताले समेत डराउनुपर्ने अवस्था आउँछ। अघिपछि चुपचाप रहने नेताहरू महाधिवेशनको बेला मात्र बखेडा झिक्ने, नेतृत्वमाथि प्रश्न उठाउने र कार्यकर्ता–जनतालाई अन्योलमा पार्ने प्रवृत्तिप्रति उनले कटाक्ष गरे।

सुनुवारले यस व्यंग्यात्मक टिप्पणीमार्फत हाल पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पद छाड्न सुझाव दिइरहेका नेताहरूलाई लक्षित गरेको बुझिएको छ।

त्यस्तै, उनले पार्टीले पूर्वराष्ट्रपतिलाई सम्मानजनक स्थान दिनुपर्ने र अब राजनीति फर्कनु उपयुक्त नहुने पनि बताए। संवैधानिक र प्रशासनिक संरचनालाई आदर्श मानेर एमालेको सांगठनिक ढाँचा निर्माण गर्नुपर्नेमा उनको जोड थियो।File Photo

Skip This

Omoda E5 Pro