काठमाडौं, १३ असोज । हामी नेपालका संयोजक तथा जेन–जी आन्दोलनका अगुवा सुदन गुरुङले आफू एमाले वा बामाले नभएको बताएका छन् । महेश बस्नेतको तस्विरसहित फेशबुकमा स्टाटस लेख्दै उनले अब बस्नेतको पछाडि आउन लागेको बताएका छन् । आफ्ना भाइ र बहिनीहरुको रगतलाई कसरी अपमान गर्न नसकेको भन्दै उनले प्रश्न उठाएका छन् ।
यसअघि सुदनले कसैको घरलाई निशाना बनाउनु वा हिंसा समाधान नभएको बताएका थिए । यस्ता कार्यहरुले देशलाई अझै ठूलो क्षति पुर्याउनसक्ने र आफूहरु लडिरहेको सकारात्मक परिवर्तनलाई समेत ओझेलमा पार्नसक्ने भन्दै सचेत गराएका थिए । उनले आफूहरुको आन्दोलन घृणाको नभएर आशाको भएको उल्लेख गरेका थिए ।
उनले भनेका थिए,‘हाम्रो आन्दोलन आशाको हो, घृणाको होइन । निर्माणको हो, विनाशको होईन। सम्पूर्ण देशलाई देखाऔं कि जेनजी क्रोधले होईन, बुद्धिमताले नेतृत्व गर्नसक्छ ।’




प्रतिक्रिया