काठमाडौं, १३ असोज । बरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले भदौ २३ र २४ गतेको घट्नासम्बन्धी गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आयोग गठनअघि नै निश्चित् धारणा बनाएको तथ्य सही हो भने पदबाट तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन् । भट्टराईले अब कार्कीको रिपोर्टमा जेसुकै लेखिएपनि त्यो विवादित हुने देखिएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल फेशबुकमार्फत भट्टराईले आफूले त्यो क्रुर हत्या र नियोजित आगजनीको निष्पक्ष छानबिन भएर जिम्मेवार व्यक्तिलाई कारबाही हुनुपर्छ भन्ने चाहेको पनि स्मरण गराएका छन् । उनले लेखेका छन्-
गौरी ब कार्कीले आयोग गठन पुर्व नै निश्चित धारणा बनाएको भनी सार्बजनिक तथ्य यदि सहि हो भने उहाँले तत्काल राजिनामा गर्नु पर्छ। उहाँको रिपोर्टमा जे सुकै लेखिए पनि त्यो बिबादित हुने देखियो ।
म त्यो क्रुर हत्या र नियोजित आगजनिको निष्पक्ष छानबिन भएर जिम्मेवार ब्यक्तिलाई कारबाही हुनु पर्दछ भन्ने चाहान्छु तसर्थ त्यो प्रतिबेदनको स्वच्छताको लागि उहाँको राजिनामा वा प्रकाशित तथ्यको प्रमाण सहितको खण्डन अबिलम्ब आउनु पर्छ।




प्रतिक्रिया