जाँचबुझ आयोगमा बयानको लागि रवि लामिछानेलाई सिंहदरबार झिकाईयो


काठमाडौं, १९ कार्तिक । भदौ २३ र भदौ २४ गतेको घट्नाको जाँचबुझ गर्न बनेको आयोगले बयानको लागि रवि लामिछानेलाई बोलाएको छ । लामिछानेलाई नख्खु कारागारबाट सिहदरबारमा रहेको आयोगको कार्यालयमा बयानको लागि ल्याईएको हो ।

भर्खरै आयोगका प्रतिनिधिहरुले नख्खु कारागारमा नै पुगेर लामिछानेसँग एकसरो सोधपुछ गरिसकेको छ । भदौ २४ गते लामिछाने नख्खु कारागारबाट निस्किएका थिए । लामिछानेले सुरक्षाकर्मीले नै यहाँ सुरक्षित नहुने भनेर आफूलाई भनेपछि आवश्यक प्रक्रिया पुर्याएर निस्किएको बताएका थिए ।