२१ फागुनमा नै निर्वाचन हुन्छ, सरकार त्यसमै लागिपरेको छ : अर्थमन्त्री खनाल


काठमाडौं, २१ मंसिर । अर्थमन्त्री रामेश्वर खनालले तोकिएकै मितिमा प्रतिनिधिसभाको निर्वाचन हुने र नसर्ने दाबी गरेका छन् । नेपाल आर्थिक पत्रकार संघको १६औँ वार्षिक साधारणसभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘भ्रष्टाचार अत्यन्त बढ्यो, राज्यका शक्तिशाली व्यक्तिहरुबाटै यसलाई बढावा दिए र त्यसको अन्त्य हुनुपर्छ। र सेवा प्रवाह पारदर्शी हुनुपर्छ भन्ने थियो। उनीहरुले यो माग निरन्तर दिइरहेका छन्, कुनैपनि हिसाबले निर्वाचन सार्नु भनेको मुलुकलाई अनिश्चय दिशामा लैजान्छ। यसको अनेक क्रियाकलापहरूमा असर गर्छ। कुनै पनि हालतमा समयमा निर्वाचन हुनुपर्छ। यसका लागि सकारात्मक महोल हुनुपर्छ। यसका लागि सरकार पनि लागि परेको छ।’ file photo

Skip This

Omoda E5 Pro