शिक्षामन्त्री पुनको खेलकुदमन्त्री गुप्तालक्षित प्रश्नः ‘विदेश घुमेर अर्थतन्त्र बन्छ ?’


काठमाडौं, २५ पुस । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विदेश घुमेर देशको अर्थतन्त्र नबन्ने बताएका छन् । आफू मन्त्री भएपछि यसअघि ३ वटा र अहिले पनि दुईवटा गरी ५ वटा विदेश भ्रमणको निमन्त्रणा आएको उल्लेख गर्दै उनले कुनै पनि भ्रमणमा नगएको बताएका छन् ।

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालक्षित गर्दै उनले विदेश घुमेर देशको अर्थतन्त्र बलियो नहुने बताएका हुन् । उनले सामजिक सञ्जालमा आफूलाई आएको निमन्त्रणसमेत पोष्ट गरेका छन् । मन्त्री गुप्ताको अमेरिका भ्रमणको कार्यतालिका विवादमा परिरहेको बेला मन्त्री पुनले नैतिक प्रश्न उठाएका हुन् ।

‘लौ जा, म मन्त्री भएपछि पहिला पनि निमन्त्रणा आएको तीनवटा विदेश भ्रमणमा गइनँ । अहिले पनि दुईवटा निमन्त्रणा आएछ । यसमा पनि जान्न। देशको अर्थतन्त्र नसुधारेसम्म जोसुकै प्रधानमन्त्री र अर्थमन्त्री आए पनि केही प्रगति हुनेवाला छैन । किनभने केही गर्न पैसा चाहिन्छ। विदेश घुमेर अर्थतन्त्र बन्छ ?’ मन्त्री गुप्तालक्षित प्रश्न गर्दैै उनले भनेका छन् ।