काठमाडौं, चैत २९ । साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला चार हजार ९७५ रुपैयाँमा कारोबार भइरहेको छ ।




प्रतिक्रिया