कर्णाली टीमबाट नखेल्ने क्रिकेटर अनुज चनाराकाे घोषणा,कारण यस्ताे…


काठमाडौं । क्रिकेटर अनुज चनाराले अब कर्णाली टीमबाट नखेल्ने घोषणा गरेका छन् । प्रधानमन्त्री कपमा सहभागी क्रिकेटर चनाराले आफूलाई लगातार अवसरबाट वञ्चित गरिएको भन्दै सो घोषणा गरेका हुन् ।

आज सामाजिक सञ्जाल फेसबुकमा मा स्टाटस लेख्दै चनाराले विगत २ वर्षदेखि आफूलाई टोलीमा आफूलाई गरिएको व्यवहारप्रति असन्तुष्टि पोखेका छन् । ५०

‘मलाई प्लेइङ ११ मा राखिए पनि ५० ओभरको खेलमा प्रायः ३–४ ओभर मात्र बलिङ गर्न दिइन्थ्यो । सुरुवाती ओभरमै १–२ विकेट लिँदा पनि मलाई पूरा १० ओभरको स्पेल दिइएन । त्यसपछि हरेक खेलमा २–४ ओभर मात्र अवसर दिइयो, र जब विकेट लिन सकिनँ, लगातार २–३ खेलमा टोली बाहिर राखियो । कप्तान र कोचसँग बारम्बार प्रश्न गर्दा ‘स्पिन ट्र्याक छ’ भन्ने जवाफ मात्र पाइन्थ्यो,’चनाराले लेखेका छन् ।

चनाराले २०८१ मा दाङमा भएको खेलमा पुलिस क्लवविरुद्ध १० ओभर बलिङ गर्दै २९ रन दिएर ४ विकेट लिएका थिए । यस वर्ष उनले सुदुरपश्चिमविरुद्ध ५ ओभरमा ३३ रन दिएर २ विकेट लिए ।
‘मैले सँधै कर्णाली प्रदेशको लागि आफ्नो तर्फबाट सक्दो योगदान दिएको छु । तर, विगत ३ वर्षदेखि टोलीबाट मैले पाएको व्यवहारका कारण आज म यो लेख्न बाध्य भएको छु । मैले कप्तानसँग सोध्दा ‘माथिबाट जे आदेश आउँछ, त्यही गर्छु’ भन्ने जवाफ पाइयो । यी सबै परिस्थितिलाई मध्यनजर गर्दै, मैले आजदेखि कर्णाली प्रदेशबाट नखेल्ने निर्णय गरेको छु ।’

कर्णाली प्रदेशले आज आफ्नो अन्तिम खेल गण्डकीविरुद्ध खेल्दैछ । उक्त खेलमा प्लेइङ ११ भित्र नअटाएपछि चनाराले बोल्ड निर्णय लिएका हुन् ।