पूर्णबहादुर खड्कालाई कांग्रेसले स्पष्टीकरण सोध्ने


काठमाडौं । नेपाली कांग्रेसले निवर्तमान उपसभापति पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने भएको छ ।

समानान्तर गतिविधि गर्दै आएका खड्कालाई पार्टीको लेटरप्याड प्रयोग गरेर कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेको विषयमा स्पष्टीकरण सोध्न लागेको हो ।

केन्द्रीय अनुशासन समितिको बुधबार बस्न गइरहेको बैठकले नेता खड्कालाई स्पष्टीकरण सोध्ने एक नेताले जानकारी दिए । अनुशासन समितिको बैठक अहिले ११ बजे बस्ने तयारी छ ।

खड्काले सोमबार कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेर पार्टीको क्रियाशील सदस्यता खारेज भएको घोषणाप्रति आपत्ति जनाएका थिए ।