काठमाडौं । नेपाली कांग्रेसले निवर्तमान उपसभापति पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोधेको छ ।
आज बसेको अनुशासन समितिको बैठकले खड्कालाई कारबाहीको लागि स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
समानान्तर गतिविधि गर्दै आएका खड्कालाई पार्टीको लेटरप्याड प्रयोग गरेर कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेको विषयमा स्पष्टीकरण सोधिएको हो ।
खड्काले सोमबार कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेर पार्टीको क्रियाशील सदस्यता खारेज भएको घोषणाप्रति आपत्ति जनाएका थिए ।




प्रतिक्रिया