संयुक्त समितिको सभापतिमा कार्कीको उम्मेदवारी दर्ता


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश कार्कीले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्यांकन समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् ।

बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले उनलाई सभापतिको उम्मेदवार बनाएको थियो ।

संसदीय समितिहरुको निर्वाचन शुक्रबार हुँदैछ ।