काठमाडौँ । कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गिता चौधरी र नेपालका लागि एसियाली विकास बैंक (एडिबी) का कन्ट्री डाइरेक्टर अर्नाउड काउचोइसबीच शिष्टाचार भेटवार्ता भएको छ ।
बुधबार भएको भेटघाटमा कृषि क्षेत्रको विकास, लगानी विस्तार तथा सहकार्य सुदृढ गर्ने लगायत विषयमा छलफल भएको हो ।
मन्त्री चौधरीले अब देखी दातृ निकायको लगानी आयोजनामा प्रशासनिक लागत कम गर्ने उद्देश्यले ५ तारे होटलमा कार्यक्रम नरख्नी, लक्षित सामुदायिक र क्षेत्रमा नै सो रकम लगानी गर्नुपर्ने बताइन् ।
छलफलका क्रममा मन्त्री चौधरीले कृषि आधुनिकीकरण, ग्रामीण अर्थतन्त्रको सुदृढीकरण तथा समग्र आर्थिक सामाजिक विकासमा एडीबीको निरन्तर सहयोगको प्रशंसा गरिन् ।
हाल सञ्चालनमा रहेका उच्च मूल्य कृषि बाली तथा फलफूल विकाससम्बन्धी परियोजनाहरूको विषयमा समेत छलफल भएको थियो। यस्ता कार्यक्रमबाट प्राप्त उपलब्धिहरू सकारात्मक भए पनि कार्यान्वयनका क्रममा देखिएका नीतिगत तथा प्रक्रियागत चुनौतीहरू समाधान गर्नुपर्ने छलफल भएको हो ।




प्रतिक्रिया