काठमाडौं, ३ वैशाख । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्काले विदेश जानुअघि अनुमति लिनुपर्ने भएको छ । सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा अनुसन्धानका लागि पूर्व मन्त्री खड्कालाई पक्राउ गरिएको थियो । पूर्व मन्त्री खड्का गत चैत १५ गते पक्राउ परेका थिए ।
पूर्व मन्त्री खड्काको पक्राउ विरुद्ध विनिता थापाले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिईन् । सोही रिटमा सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले खड्कालाई थुनामुक्त गर्न आदेश दिएको हो । खड्काले विदेश जानुअघि अनुमति लिनपर्ने सर्वोच्चको आदेशमा उल्लेख छ ।




प्रतिक्रिया