ज्यानसम्बन्धी मुद्दामा पक्राउ परेकी बेल्डाँडी गाउँपालिकाकी उपाध्यक्ष अस्पताल भर्ना


काठमाडौं, वैशाख ४ । ज्यानसम्बन्धी मुद्दामा पक्राउ परेकी बेल्डाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथ स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना भएकी छन्।

प्रहरी नियन्त्रणमा रहेकी नाथलाई उपचारका लागि महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। प्रहरीका अनुसार उनको स्वास्थ्य अवस्थाको निगरानी भइरहेको छ र आवश्यक उपचार जारी छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता हेमबहादुर शाहीले बिहीबार महेन्द्रनगरबाट शान्ति नाथलाई पक्राउ गरिएको जानकारी दिए। “ज्यानसम्बन्धी मुद्दामा पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा राखिएको छ,” उनले भने, “मुद्दा इलाका प्रहरी कार्यालय बेल्डाँडीबाट चलेको हो।”

उनका अनुसार किटानी जाहेरीपछि जिल्ला अदालत कञ्चनपुरले पक्राउ अनुमति दिएपछि नाथलाई नियन्त्रणमा लिइएको हो।