काठमाडौं । रामेछापको सदरमुकाम मन्थली स्थित तामाकोसी नदीमा जेटबोट र र्याफ्टिङ शुरु भएको छ । एक वर्षदेखि परीक्षणका रूपमा जेटबोट सञ्चालन हुँदै आएको नयाँ वर्ष २०८३ को सुरुवातसँगै र्याफ्टिङ सेवा पनि थपिएको तामाकोसी मरिण एड्भेञ्चर प्रालिले जनाएको छ ।
अत्यधिक गर्मी हुने मन्थलीमा जेटबोट र र्याफ्टिङले स्थानीयवासी तथा आन्तरिक पर्यटकका लागि उत्कृष्ट मनोरञ्जनको विकल्पका दिन सकिने विश्वास रहेको कम्पनीका सञ्चालक सागरहरि अधिकारीले बताए । अधिकारीका अनुसार हाल जेटबोट सेवा मन्थलीको करमबोटदेखि मन्थली घाटसम्म सञ्चालन भइरहेको छ ।
उनका अनुसार आगामी दिनमा यो सेवा विस्तार गर्दै करमबोटदेखि खुर्कोटसम्म सञ्चालन गरिनेछ । त्यसका लागि स्थानीय तह र पानीजहाज कार्यालयसँग समन्वय र सहकार्य भइरहेको उनले जानकारी दिए ।
कम्पनीले जेटबोट २ किलोमिटरका लागि ३५० रुपैयाँ, ४ किलोमिटरका लागि ५०० रुपैयाँ र ६ किलोमिटरका लागि १००० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।




प्रतिक्रिया